०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

कपिलवस्तुका CDO चक्रपाणि पाण्डेले गरे पत्रकार भण्डारीमाथि दुव्र्यवहार युनियनको आपत्ति

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८


(ABC-Sanchar)
कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति एवं एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधि गोपाल भण्डारीमाथि प्रमुख जिल्ला अधिकारी सीडीओ चक्रपाणि पाण्डेले गरेको दुव्र्यवहारप्रति युनियनले आपक्ति जनाएको छ ।

युनियनका जिल्ला सचिव मणिप्रसाद गैेह्रे एक प्रेस विज्ञप्ति जारी गर्दै भण्डारी माथिको दुव्र्यवहारले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको ठहर गरेको छ ।

कपिलवस्तुका नागरिक समाजको तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने क्रममा समाचार संकलन गर्दा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकार भण्डारीलाई दुव्र्यवहार गरेका थिए ।

समाचार संकलन गर्न जाँदा फोटो खिच्न पाइँदैन, अनुमित छैन, किन कार्यालयमा आएको भनेर पाण्डेयले गाली गलौज गरेका थिए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको युनियले जनाएको छ ।

घटनाले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रमा विश्वास राख्ने आम संचारकर्मीहरुलाई सशंकित गराएको विज्ञप्तिमा जनाइएको छ । आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी सुनिश्चितको लागि स्थानीय प्रशासन र आम सरोकारवालासँग युनियनले माग गरेको छ ।

यसैबीच ज्ञापन पत्र बुझाउन प्रशासन कार्यालय पुगेका पत्रकार भण्डारीमाथि गरिएको ज्यादती गलत भएको र यसले प्रेस तथा आम नागरिकलाई सशंकित बनाएको अधिकारकर्मी रवि ठाकुरले बताएका छन् ।
हाम्राकुरा ड्ट्कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!