१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

नेताको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढीमा पुगियो

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

 

(सर्मिला बोगटी)
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा निवर्तमान मन्त्री लेखराज भट्ट र नेकपा एमाले कैलाली इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य नारद मुनी रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ। अक्सिजन नपाएर उपचारमा समस्या झेलिरहेका कोरोना सङ्क्रमितहरूलाई अब केही राहत हुने भएको अपेक्षा गरिएको छ।

सबै भन्दा धेरै अक्सिजनको समस्या झेलिरहेको सेती प्रादेशिक अस्पताल ११० सिलिन्डर अक्सिजन उपलब्ध गराइने भएको छ। गेटा अस्पताल ५० र महाकाली अस्पताल ४० सिलिन्डर उपलब्ध गराइने सांसद रानाका स्वकीय सचिव कमल रानाले बताए।

निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० सिलिन्डर अक्सिजन आए लगत्तै कोरोना सङ्क्रमितहरूको उपचार थालिने बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

error: Content is protected !!