०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

शनिबार एकैदिन ८८४८ कोरोना संक्रमित निको भएर घर फर्किए

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा १२९ जनाको मृत्यु भएको छ।

यस्तै, ८ हजार ९ सय ८० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २०,१०५ वटा परीक्षण गरिएको थियो।

यो सँगै महामारी सुरु भएयता सङ्क्रमित हुनेहरूको कुल सङ्ख्या ५,०५,६४३ पुगेको छ।

आज सबैभन्दा धेरै काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!