२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नेपाल प्रहरीमा उमेर हदका कारण १६ जना एसएसपीहरु घर जादै

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनका व्याजीहरूको जागिरको कार्यकाल २०७९ बैशाख १८ गते सम्म छ । ३० बर्षे सेवा अवधिका हिसाबले उनीहरू अवकाश हुनेछन् । एसएसपी देखि आइजीपी सम्म गरि १६ जनाले अनिवार्य अवकाश पाउनेछन् । त्यसपछि अहिलेसम्मको हिसाबले एआइजीपी विश्व पोखरेल आइजिपी बन्नेछन् ।

हालको नियम अनुसार एसएसपी र एसपीको उमेरको हद ५५ बर्ष रहेको छ।उमेरको यही हदका कारण एसएसपी दिलिप चौधरी ०७८ असार, सुशील कुमार यादव ०७८ असोज, हरिराज वाग्ले ०७८ असोज, पूजा सिँह ०७८ माघ, बिक्रम चन्द ०७८ पुस, देव बहादुर बोगटी ०७८ बैशाख, राजेन्द्र चौधरी ०७८ भदौ, नर बहादुर खत्री ०७८ कार्तिक, महमद आलम खाँ ०७८ भदौ र किशोर दाहाल ०७८ मंसिरमा अवकाश हुन्छन् ।

अर्का एसएसपी प्रदिप कुमार श्रेष्ठ भने ०७९ बैशाख १८ गते आइजिपी र उनको समूहहरूसँगै अवकाश हुन्छन् भने मोहन आचार्य र नल प्रसाद उपाध्याय बाँकी रहन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!