२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालगन्जमा सेना र प्रहरीलाई कोभिडको दोस्रो डोज खोप १३ र १४ गते लगाइने

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८


(महेन्द्र सिंह)
बाँकेमा नेपाल प्रहरी र नेपाली सेनालाई कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले २०७७ फाल्गुन २३ गते अगाडि पहिलो डोज लगाएका प्रहरी र सेनालाई दोस्रो डोज लगाएको हो ।
स्वास्थ्य कार्यालयका जनक गिरीका अनुसार, दुई सय ९० जना प्रहरी र ६० जना सेनालाई दोस्रो चरणको खोप लगाइएको छ । स्वास्थ्य कार्यालयका कर्मचारीले जिल्ला प्रहरी कार्यालय र राँझास्थित आर्मी ब्यारेकमा गएर खोप लगाइदिएका थिए ।
बाँकेमा ९ हजार ८ सय ३३ जनाले पहिलो डोज खोप लगाएका थिए । त्यसमध्येमा एक हजार नौ सय २ जना दोस्रो डोज लगाउन छुटेका थिए । स्वास्थ्य कार्यालयले जेठ १३ र १४ गते नेपालगञ्ज हेल्थ पोष्टमा छुटेका सबैलाई दोस्रो डोजको खोप लगाउने बताएको छ । ‘दोस्रो चरणको खोप लगाउन छुटेका एक हजार नौ सय २ जनालाई नै १३ र १४ गते खोप लगाउँछौं, गिरीले भन्नुभयो, दोस्रो डोज लगाउन छुटेका सबै जना नेपालगञ्ज हेल्थ पोष्टमा आउन सक्नु हुन्छ ।’
बाँकेमा कोरोना हटस्पट बन्दा खोप लगाएका व्यक्तिमा कम असर देखिएको स्वास्थ्यकर्मीहरुले बताउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]