२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

मन्त्रालयकाे मोटरसाइकल चोर्ने दाङका दुईजना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

(सर्मिला बोगटी)
धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका-५ घर भएका १६ वर्षीय किशोर रहेका छन् ।

सोही मन्त्रालयको आवास गृहमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मगरलाई चोरी भएको उक्त मोटरसाइकल सहित बर्दियाबाट पक्राउ गरी थप अनुसन्धानको क्रममा किशोरको समेत संलग्नता रहेको खुलेपश्चात ती किशोरलाई उनकै डेराबाट पक्राउ गरेको हो ।

साथै उनीहरुले जेठ ४ गते राति घर अगाडि पार्किङ गरी राखेको दाङ लमही नगरपालिका-५ बस्ने बिजय केसीको भे.१ त १५२६ नम्बरको बलेरो समेत चोरी गरी धनगढी उपमहानगरपालिका-८ स्थित सडकमा पार्किङ गरी राखेको खुलेपश्चात सोमबार प्रहरीले उक्त बलेरो समेत बरामद गरेको छ ।

थप अनुसन्धानको क्रममा अभियुक्तमध्येका १६ वर्षीय किशोरले २०७६ वैशाख २ गते काठमाडौं महानगरपालिका-४ चप्पलकारखाना बस्ने रमन रेग्मीको बा.७१ प ७६३८ नम्बरको मोटरसाइकल, २०७६ साउन ४ गते दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित जिबेश नाथ योगीको रा.३ प ९३४९ नम्बरको मोटरसाइकल र २०७६ भदौ १० गते दाङ घोराही उपमहानगरपालिका नारायणपुर बस्ने राम बहादुर खत्रीको लु.१ च २६०३ नम्बरको कार चोरी घटनामा पक्राउ परी अनुसन्धान पूरा भएको थियो ।

साथै २०७७ जेठ ३ गते कैलाली धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीस्थित राजेन्द्र बहादुर मल्लको बा.८ च २१०० नम्बरको कार र २०७७ जेठ ७ गते धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीस्थित डा.रविन्द्र भट्टको बा.१४ च ४७८१ नम्बरको कार चोरी घटनामा समेत ती किशोर पक्राउ परी दुवै मुद्दामा जिल्ला अदालत कैलालीबाट १ महिना १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भई बाल सुधार गृह डोटीमा सजाय भुक्तान गरी छुटेको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!