१४ मंसिर २०८३, सोमबार
30-11-2026 , Mon
×

पुर्व डिआइजी खरेलको स्वास्थ्यमा सुधार केही दिनमै डिस्चार्ज हुदै

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृत रमेश प्रसाद खरेलको स्वास्थ्यमा सुधार देखिएको छ ।

कोरोना संक्रमणका कारण करिब तीन सातादेखी नेपाल प्रहरी अस्पतालमा उपचाररत खरेलको स्वास्थ्यमा व्यापक सुधार देखिएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । एसएसपी कुँवरका अनुसार खरेलको नेपाल प्रहरी अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

‘पछिल्लो एक हप्तादेखि उहाँको स्वास्थ्यमा चामत्कारिक सुधार आएको छ, उहाँ अब खतरामुक्त हुनुहुन्छ’ एसएसपी कुँवरले भने ।

कोरोना संक्रमणको कारण फोक्सोमा गम्भीर इन्फेक्सन देखिएपछी उनलाई तीनसाता अगाडी नेपाल प्रहरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । त्यसबेला खरेलको स्वास्थ्य अवस्था अत्यन्तै जटिल देखिएपछि भेन्टिलेटरमा हाई फ्लो अक्सिजन दिइएको थियो ।

निमोनियाको कारण फोक्सोमा गम्भीर इन्फेक्सन देखिएका पुर्व प्रहरी अधिकृत खरेलको लागि भारतबाट टोसिलिजुम्याब (Tocilizumab) नामक इन्जेक्सन मगाएर लगाइएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । खरेलको लागि भारतीय प्रहरीको उच्च पदमा कार्यरत उनका एक साथीले हेलिकप्टरमार्फत औषधि पठाइदिएका थिए ।

सोही इन्जेक्सनको कारण स्वास्थ्यमा क्रमिक सुधार आएपछी खरेललाई पछिल्लो एक सातादेखि आइसियुमा राखेर उपचार जारी राखिएको नेपाल प्रहरी अस्पताल स्रोतले जानकारी दियो ।

नेपाल प्रहरी अस्पताल स्रोतका अनुसार सोमबार अपरान्हदेखि खरेललाई तीन किलो प्रतिघन्टाको फ्लोमा नाकबाट मात्रै अक्सिजन दिइएको छ ।

यहि हिसाबले क्रमश सुधार हुँदै गए सम्भवत मंगलबार साँझदेखि उनलाई अक्सिजन हटाएर क्याबिनमा सार्न सकिने स्रोतले जानकारी दियो । अस्पताल स्रोतले जनाएअनुसार खरेललाई यसैसाता डिस्चार्ज गर्न सक्ने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

९० वर्षकी बुढी आमालाई घर निकाला गर्ने कस्ता छोरा होलान् डिएसपी केसीको ठाडो आदेशमा आमालाई निजको घरमा पुनःस्थापना दाङ । घोराही झोला झाम्टा सहित घर बाहिर निकालेपछि रुँदै पत्रकार महासङमा पुगे पछी घोराही बनाउन अभियानका सयोजक सबिन प्रियसन दिपक ओलीको सहितको पत्रकार जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर डिएसपी डाक्टर हेम केसीको ठाडो आदेशमा आमालाई निजको […]

बाँके । नेपालगञ्ज नागरिक बोक्ने जहाजको सिट फोल्ड गरेर मोटरसाइकल ढुवानी गरिएको तस्बिरले अहिले सामाजिक सञ्जालमा तरंग ल्याएको छ। नेपालगञ्जबाट जुम्लासम्म उड्ने जहाजमा यात्रुको सिट खाली गरेर / फोल्ड गरेर मोटरसाइकल हालिएको देखिएको हो। यो नियमानुसार हो कि होइन ? यात्रुको सुरक्षा र उड्डयन नियममाथि प्रश्न उठेको छ। सम्बन्धित निकायले यसबारे छानबिन गर्नुपर्ने सर्वसाधारणको माग […]

  ललितपुर । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूद्वारा आज जिल्ला प्रहरी परिसर ललितपुर मातहतको दुर्गम क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय कोन्ज्योसोमको स्थलगत भ्रमण सम्पन्न भएको छ। ललितपुरको दक्षिणी ग्रामीण भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका-१ स्थित उक्त कार्यालयमा उहाँले कार्यरत प्रहरी कर्मचारीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासा तथा कार्यक्षेत्रमा खटिँदा भोग्नुपरेका समस्याबारे जानकारी लिनुभयो। त्यस पश्चात […]

error: Content is protected !!