२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया प्रहरीले लागू औषधसहित ३ जना कारोबारी पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

(महेन्द्र सिंह)
बर्दिया । लागु औषध कारोबरमा संलग्न ३ जना प्रहरीको फन्दामा परेका छन् ।

ईलाका प्रहरी कार्यालय मैनापोखरले बढैैयााताल गाउँपालिका–२ सत्पतिया चोक नजिकबाट ६ सय ८४ ग्राम लागू औषध चरेस सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा लागू औषध करोबारीलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार पक्राउ पर्नेमा खजुरा गाउँपालिका–६ सिमलघारी बस्ने २६ वर्षिय कमल बिश्वकर्मा, ३२ वर्षिय काली बहादुर चदरा र बढैयाताल गाउँपालीका–८ सितलाबजारका ४८ वर्षिय बल बहादुर कामी रहेका छन् ।

लागू औषध चरेस किनबेच गर्दै गरेको अबस्थामा शुक्रबार साझ ५ बजेर ३० मिनेटको समयमा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]