०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले पुर्व प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८

(महेन्द्र सिंह)
बर्दिया । पुर्व प्रहरी तथा अमर, अशक्त प्रहरीहरुको परिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाल प्रहरीको वार्षिक कार्ययोजना कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका अन्तरगत बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पुर्व प्रहरी, अमर र अशक्त प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पुर्व प्रहरीहरुको ९० घर परिवारलाई सामाग्री वितरण गरेका हुुन् ।
महमारीको विषम परिस्थितीमा पुर्व प्रहरीहरुको घर परिवारलाई जोगाउने उदेश्यले सामाग्री वितरण गरिएको छ । स्वास्थ्य सामाग्री वितरण गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतनामुलक आवश्यक निर्देशन दिएका थिए । स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क र साबुन वितरण गरेका छन् ।
अघिल्लो साता राजापुर नगरपालिका अन्तरगतका पुर्व प्रहरीहरुका ३० घरपरिवारलाई उपरीक्षक कार्कीले स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!