०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले पुर्व प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८

(महेन्द्र सिंह)
बर्दिया । पुर्व प्रहरी तथा अमर, अशक्त प्रहरीहरुको परिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाल प्रहरीको वार्षिक कार्ययोजना कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका अन्तरगत बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पुर्व प्रहरी, अमर र अशक्त प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पुर्व प्रहरीहरुको ९० घर परिवारलाई सामाग्री वितरण गरेका हुुन् ।
महमारीको विषम परिस्थितीमा पुर्व प्रहरीहरुको घर परिवारलाई जोगाउने उदेश्यले सामाग्री वितरण गरिएको छ । स्वास्थ्य सामाग्री वितरण गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतनामुलक आवश्यक निर्देशन दिएका थिए । स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क र साबुन वितरण गरेका छन् ।
अघिल्लो साता राजापुर नगरपालिका अन्तरगतका पुर्व प्रहरीहरुका ३० घरपरिवारलाई उपरीक्षक कार्कीले स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]