०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

चितवनमा जेठ २७ गतेसम्म लकडाउन थपियो

Logo
प्रकाशित बुधबार, जेठ १९, २०७८


(राकेश श्रेष्ठ)
चितवन । जिल्लामा लकडाउनको अवधि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातीसम्मका लागि जारी गरिएको थियो । थपिएसँगै यह जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी रहनेछ ।

अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, खाद्यान्न, पशुपन्छीजन्य सामग्री, दाना, माछा, मासु, अण्डा, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन भने निषेधाज्ञामा सञ्चालन गर्न पाइनेछ ।

यस्तै दूरसञ्चार, इन्टरनेट, कूटनीतिक नियोगका सवारी, सञ्चारकर्मी र पत्रपत्रिका वितरणका लागि प्रयोग गरिने सवारीलाई पनि सञ्चालन गर्न पाइने प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ । कामदार कर्मचारीलाई उद्योग परिसरमै खाने, बस्ने व्यवस्था वा घरबाटै लाने लैजाने व्यवस्था गरेमा उद्योग सञ्चालन गर्न पाइने छ । विकास निर्माण र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनलाई पनि सञ्चालन गर्न पाउने छुट दिइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]