२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कोहलपुर प्रहरीले ७१ वटा अटो रिक्सा र चालक होल्ड कार्वाहीमा

Logo
प्रकाशित शुक्रबार, जेठ २१, २०७८

(सागर थापा)
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ७१ वटा अटो रिक्सा र चालकलाई होल्ड कार्वाही गरी सम्झाई बुझाई गरी छाडिएको छ । होल्ड कार्वाहीमा परेका यात्रु र चालकहरुले छिटोभन्दा छिटो स्वास्थ मापदण्ड पालाना गरेर लकडाउन खोल्न र काम गरीखाने बाताबरण गरिदिन सरकारसंग माग गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

error: Content is protected !!