०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

सरकारले पत्रकार बन्न परीक्षामा पास हुनुपर्ने संचारमन्त्री : गुरुङ

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८


(ABC=Sanchar)
काठमाडौं । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको गठन आदेश कार्यविधि तयार पारिएको जानकारी दिनु भयो । सो कार्यविधि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको उहाँको भनाई छ ।

सो प्रतिष्ठान कार्यान्वयनका लागि एउटा कार्यदल पनि गठन गरेको मन्त्री गुरुङले जानकारी दिनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । बजेट बक्तब्यबाट आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने विषय आएपछि मन्त्रालयले द्रुत गतिमा कार्यविधि र कार्यदल बनाएको मन्त्री गुरुङको भनाई छ ।

उहाँले सरकारी कर्मचारी हुन लोकसेवा पास गरेपछि पनि तालिम लिनुपर्ने, नेपाली सेना, प्रहरीमा प्रवेशपछि पनि तालिम लिनुपर्ने व्यवस्था भएको बताउँदै पत्रकारहरु अझ बढी जवाफदेही भएकोले उनीहरुका लागि आमसञ्चार प्रतिष्ठान गेम चेन्जर भएको उल्लेख गर्नु भयो ।

उहाँले सो प्रतिष्ठानलाई कसरी अघि बढाउनेबारे पत्रकार महासंघ, सरोकारवाला पक्षसँग मस्यौदा बनाएर सुझाव लिने बताउँदै सकिन्छ भने साउन १ गते देखि नै आमसञ्चार प्रतिष्ठानलाई स्वायत्त विकास समितिको रुपमा अघि बढाउन लागेको जानकारी दिनु भयो ।

उहाँले आफू मन्त्री हुनुभन्दा पहिले पनि आमसञ्चार क्षेत्रमा समस्या छन् भन्ने थाहा पाएको बताउँदै मन्त्री भएपछि पत्रकार महासंघ, मिडिया हाउसका सञ्चालकहरुसँग अन्तरक्रिया गरेर काम गर्दै गएको उल्लेख गर्नु भयो । साथै मन्त्री गुरुङले सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दलले पनि विरोध नगरेको दावी गर्नु भयो । प्रतिपक्षी दलले बजेटको विरोधमा विज्ञप्ति निकाले पनि विरोधको बिषय नपाएको मन्त्री गुरुङले बताउनु भयो ।

यस्तै पत्रकार महासंघले पनि बजेटको स्वागत गर्नु सुखद कुरा रहेको बताए । महासंघमा सरकार रहेको दलबाट नभई प्रतिपक्षी दलका तर्फबाट कार्यसमिति विजयी भएको बताउँदै महासंघले जहिले पनि बजेटमा असन्तुष्टि जनाउने गरेकोमा यो पटक समर्थन गर्नु सरकारका लागि उपलव्धीमुलक रहेको उल्लेख गर्नु भयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!