२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सरकारले पत्रकार बन्न परीक्षामा पास हुनुपर्ने संचारमन्त्री : गुरुङ

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८


(ABC=Sanchar)
काठमाडौं । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको गठन आदेश कार्यविधि तयार पारिएको जानकारी दिनु भयो । सो कार्यविधि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको उहाँको भनाई छ ।

सो प्रतिष्ठान कार्यान्वयनका लागि एउटा कार्यदल पनि गठन गरेको मन्त्री गुरुङले जानकारी दिनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । बजेट बक्तब्यबाट आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने विषय आएपछि मन्त्रालयले द्रुत गतिमा कार्यविधि र कार्यदल बनाएको मन्त्री गुरुङको भनाई छ ।

उहाँले सरकारी कर्मचारी हुन लोकसेवा पास गरेपछि पनि तालिम लिनुपर्ने, नेपाली सेना, प्रहरीमा प्रवेशपछि पनि तालिम लिनुपर्ने व्यवस्था भएको बताउँदै पत्रकारहरु अझ बढी जवाफदेही भएकोले उनीहरुका लागि आमसञ्चार प्रतिष्ठान गेम चेन्जर भएको उल्लेख गर्नु भयो ।

उहाँले सो प्रतिष्ठानलाई कसरी अघि बढाउनेबारे पत्रकार महासंघ, सरोकारवाला पक्षसँग मस्यौदा बनाएर सुझाव लिने बताउँदै सकिन्छ भने साउन १ गते देखि नै आमसञ्चार प्रतिष्ठानलाई स्वायत्त विकास समितिको रुपमा अघि बढाउन लागेको जानकारी दिनु भयो ।

उहाँले आफू मन्त्री हुनुभन्दा पहिले पनि आमसञ्चार क्षेत्रमा समस्या छन् भन्ने थाहा पाएको बताउँदै मन्त्री भएपछि पत्रकार महासंघ, मिडिया हाउसका सञ्चालकहरुसँग अन्तरक्रिया गरेर काम गर्दै गएको उल्लेख गर्नु भयो । साथै मन्त्री गुरुङले सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दलले पनि विरोध नगरेको दावी गर्नु भयो । प्रतिपक्षी दलले बजेटको विरोधमा विज्ञप्ति निकाले पनि विरोधको बिषय नपाएको मन्त्री गुरुङले बताउनु भयो ।

यस्तै पत्रकार महासंघले पनि बजेटको स्वागत गर्नु सुखद कुरा रहेको बताए । महासंघमा सरकार रहेको दलबाट नभई प्रतिपक्षी दलका तर्फबाट कार्यसमिति विजयी भएको बताउँदै महासंघले जहिले पनि बजेटमा असन्तुष्टि जनाउने गरेकोमा यो पटक समर्थन गर्नु सरकारका लागि उपलव्धीमुलक रहेको उल्लेख गर्नु भयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!