२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले सामुहिक चोरी मुद्दाका ४ फरार अभियुक्त महिला पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८


ABC (क्राईमबिट)
दाङ । सामुहिक चोरी मुद्दाका फरार ४ जना प्रतिबादि महिलालाई पक्राउ गरेर सार्बजनिक गरेको छ ।
घोराही उपमहानगरपालिका १८ ढोडेनीमा लुकीछिपी बसीरहेको अवस्थापमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा घोराही १८ ढोडेनी निवासी ३६ वर्षिय शान्ति सुनार, सोही ठाउँ निवासी २५ वर्षिय सन्तोषी नेपाली, ३६ वर्षिय चन्द्रकला सुनार र ३५ वर्षिय ज्योतिकला दमाई रहेका छन् । २०७६ वैशाख ३० गते फैसला भइ फरार रहेका ४ जना महिलालाई सोमबार एक बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
उनीहरुलाई जनही ५ हजारका दरले जरीवाना र ८ महिना सात दिन कैद फैसला सुनाइएको थियो । तर उनीहरु विगत एक वर्षदेखि फरार रहेका थिए । प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]