०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बर्दिया प्रहरीले दुर्घटना गरेर फरार रहेका एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

 

(महेन्द्र सिंह)
बर्दिया । सवारी दुर्घटना गरी फरार रहेका व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ ककौरा बस्ने ३६ वर्षिय रामभरोसे थारु हुन् । गत २४ गतेका दिन बिहान बाँसगढी नगरपालिका–९ माछागढ स्थित पुर्वपश्चिम राजमार्ग सडक खण्डमा उनले चलाएको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । बाँसगढी नगरपालिका–८ बेलौरीका प्रेमी थारुलाई मोटरसाईकलले ठक्कर दिएको हो । गम्भिर घाईते भएका थारुको उपचारको क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा गत २६ गते मृत्यु भएको हो । दुर्घटना भए देखि मोटरसाईकल चालक फरार रहेका थिए ।

प्रहरीको अनुसन्धानले भे ३ प १२५४ नम्बरको मोटरसाईकल थारुले चलाएको खुल्न आएको थियो । घटना पश्चात ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले निरन्तर अनुसन्धान गरिरहेको थियो । प्रहरीले खोजतलास गर्दै जाँदा बाँसगढी नगरपालिका–८ बाट उनलाई स–प्रमाणसहित पक्राउ गरेको छ । लुकीछिपी बसीरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । फरार थारुलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराई सवारी ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!