२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बर्दिया प्रहरीले दुर्घटना गरेर फरार रहेका एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

 

(महेन्द्र सिंह)
बर्दिया । सवारी दुर्घटना गरी फरार रहेका व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ ककौरा बस्ने ३६ वर्षिय रामभरोसे थारु हुन् । गत २४ गतेका दिन बिहान बाँसगढी नगरपालिका–९ माछागढ स्थित पुर्वपश्चिम राजमार्ग सडक खण्डमा उनले चलाएको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । बाँसगढी नगरपालिका–८ बेलौरीका प्रेमी थारुलाई मोटरसाईकलले ठक्कर दिएको हो । गम्भिर घाईते भएका थारुको उपचारको क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा गत २६ गते मृत्यु भएको हो । दुर्घटना भए देखि मोटरसाईकल चालक फरार रहेका थिए ।

प्रहरीको अनुसन्धानले भे ३ प १२५४ नम्बरको मोटरसाईकल थारुले चलाएको खुल्न आएको थियो । घटना पश्चात ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले निरन्तर अनुसन्धान गरिरहेको थियो । प्रहरीले खोजतलास गर्दै जाँदा बाँसगढी नगरपालिका–८ बाट उनलाई स–प्रमाणसहित पक्राउ गरेको छ । लुकीछिपी बसीरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । फरार थारुलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराई सवारी ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]