२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

साविकका गाविस सचिवहरु विरुद्ध लाखौंको भ्रष्टाचार मुद्दा

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

(ABC-Sanchar)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको अमलेखगञ्ज गाविस हाल जीतपुर सिमरा उपमहानगरपालिकाको तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७०/०७१ र २०७१/७२ मा गाविसमा सञ्चालित योजनाहरूमा वास्तविक खर्च भन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौँमा झाविरुद्ध पौने तीन लाखको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

झाले आयव्यय पारदर्शी नगरेको, लक्षित वर्गलाई वितरण गर्नुपर्ने रकम वितरण नगरेको, मनोमानी ढङ्गले गाउँ परिषद् नभएको, योजना उपभोक्ता समिति गठन नगरी किर्ते बिल बनाई सहिछाप गरी रकम निकासी गरी भ्रष्टाचार गरेको भन्ने आयोगमा उजुरी परेको थियो ।

आयोगले अनुसन्धान गर्दा झाले कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा एक लाख ३४ हजार दुई सय पैँतिस रुपैयाँ बढी भुक्तानी गरेको देखिएको छ ।

यसै गरी सोही गाविसमा लक्षित वर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखा परीक्षण प्रतिवेदनअनुसार निकासा भएको देखिएको दुई लाख ९१ हजार खर्च गरेको देखिएतापनि सो खर्चमध्ये एक लाख ४७ हजार पाँच सय को बिल भरपाई पेस गरेको नदेखिएको आयोगको दाबी छ ।

झाले गाविसमा सञ्चालित योजनाहरूमा मढी मूल्याङ्कन गराई बदनियतपूर्ण ढङ्गले दुई लाख ८१ हजार सात सय ३५ रुपैयाँ वास्तविक खर्चभन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हानी गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको आयोगले जनाएको छ ।

झालाई प्रमाण पुष्टि हुन आएको दुई लाख ८१ हजार सात सय ३५ रुपैयाँ २९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ अनुसार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]