२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

देशैभर भीषण वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८


(ABC-Sanchar)
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसब बदली भएको छ।

जेठ २८ गतेदेखि नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन ३० गतेदेखि देशैभरि फैलिएको छ। जसका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भीषण हुने भएको सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर मौसम बदली रहने छ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]