०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बाँकेको फत्तेपुरमा प्रहरीको आफ्नै नयाँ भवनको उद्घाटन एवं हस्तान्तरण

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके अन्तरगत प्रहरीका लागि फत्तेपुरमा बनाइएको नयाँ भवन एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख)को नवनिर्मित प्रहरी कार्यालय भवनको गाउँपालिका अध्यक्ष लाहुराम थारु र बाँकेका प्रहरी प्रमूख एसपी ओम बहादुर राना लगाएत संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

भवन उद्घाटनपछि बाँके एसपी राना मार्फत अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख) का इन्चार्ज प्रहरी सहायक निरीक्षक जङ्गबहादुर एमसीलाई हस्तान्तरण गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकाको ८ लाख रुपैयाँ र वडा नं. ६ वडापालिकाको ८ लाख रुपैयाँ गरी १६ लाख तथा बाँकी जनश्रमदान गरी कुन २७ लाख रुपैयाँमा प्रहरीका लागि नयाँ भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष जनक बहादुर थारुले जानकारी दिएका छन् ।

यसअघि फत्तेपुर–६ खल्ला टपरीस्थित नदी किनारमा रहेको सामुदायिक भवनमा असुरक्षित रुपमा बस्दै आएको थियो ।

कार्यक्रममा बोल्दै बाँकेका प्रहरी उपरिक्षक रानाले भने, शान्ति सुरक्षाका लागि खटिने प्रहरी नै भवन नहुदा अभाव झेल्नुपरेको थियो, गाउँपालिकाले प्रहरीका लागि भवन बनाएर शान्ति सुरक्षालाई थप मजबुत बनाएको छ ।
उनले भने, यसले प्रहरीको मनोबल बढेको छ । प्रहरीलाई शान्ति सुरक्षाका लागि खटिनका लागि सहज भएको छ । यसका लागि गाउँपालिका कार्यालयलाई हार्दिक धन्यवाद दिन्छु । साथै प्रहरीलाई नागरिकलाई पुर्णरुपमा सकृय भएर शान्ति सुरक्षामा खटिन निर्देशन दिन्छु ।

राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले अब प्रहरीलाई खुल्ला आकाशमा बस्नुपर्ने बाध्यता हटेको भन्दै यसले समाजमा अमन चयन र शान्ती सुरक्षामा थप बल पुगेको बताए ।

भवन निर्माणमा सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिदै वडा न ६ का वडाध्यक्ष थारुद्वारा कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतम, अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख) का इन्चार्ज प्रहरी सहायक निरीक्षक जङ्गबहादुर एमसी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

यसैबिच, प्रहरी भवन निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगीहरुलाई खादा सहित सम्मान गरिएको अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख) का इन्चार्ज प्रहरी सहायक निरीक्षक एमसीले जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!