२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बाँकेको फत्तेपुरमा प्रहरीको आफ्नै नयाँ भवनको उद्घाटन एवं हस्तान्तरण

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके अन्तरगत प्रहरीका लागि फत्तेपुरमा बनाइएको नयाँ भवन एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख)को नवनिर्मित प्रहरी कार्यालय भवनको गाउँपालिका अध्यक्ष लाहुराम थारु र बाँकेका प्रहरी प्रमूख एसपी ओम बहादुर राना लगाएत संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

भवन उद्घाटनपछि बाँके एसपी राना मार्फत अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख) का इन्चार्ज प्रहरी सहायक निरीक्षक जङ्गबहादुर एमसीलाई हस्तान्तरण गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकाको ८ लाख रुपैयाँ र वडा नं. ६ वडापालिकाको ८ लाख रुपैयाँ गरी १६ लाख तथा बाँकी जनश्रमदान गरी कुन २७ लाख रुपैयाँमा प्रहरीका लागि नयाँ भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष जनक बहादुर थारुले जानकारी दिएका छन् ।

यसअघि फत्तेपुर–६ खल्ला टपरीस्थित नदी किनारमा रहेको सामुदायिक भवनमा असुरक्षित रुपमा बस्दै आएको थियो ।

कार्यक्रममा बोल्दै बाँकेका प्रहरी उपरिक्षक रानाले भने, शान्ति सुरक्षाका लागि खटिने प्रहरी नै भवन नहुदा अभाव झेल्नुपरेको थियो, गाउँपालिकाले प्रहरीका लागि भवन बनाएर शान्ति सुरक्षालाई थप मजबुत बनाएको छ ।
उनले भने, यसले प्रहरीको मनोबल बढेको छ । प्रहरीलाई शान्ति सुरक्षाका लागि खटिनका लागि सहज भएको छ । यसका लागि गाउँपालिका कार्यालयलाई हार्दिक धन्यवाद दिन्छु । साथै प्रहरीलाई नागरिकलाई पुर्णरुपमा सकृय भएर शान्ति सुरक्षामा खटिन निर्देशन दिन्छु ।

राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले अब प्रहरीलाई खुल्ला आकाशमा बस्नुपर्ने बाध्यता हटेको भन्दै यसले समाजमा अमन चयन र शान्ती सुरक्षामा थप बल पुगेको बताए ।

भवन निर्माणमा सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिदै वडा न ६ का वडाध्यक्ष थारुद्वारा कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतम, अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख) का इन्चार्ज प्रहरी सहायक निरीक्षक जङ्गबहादुर एमसी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

यसैबिच, प्रहरी भवन निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगीहरुलाई खादा सहित सम्मान गरिएको अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख) का इन्चार्ज प्रहरी सहायक निरीक्षक एमसीले जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]