०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बाँकेमा लकडाउन असार ७ गतेसम्म नामको मात्र लकडाउन सिडियो मौन

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

 

बाँके । फेरि एक साता निषेधाज्ञा थपिएको छ । कोभिड १९ संक्रमणको दर क्रमशः घट्दै गएको देखिएपनि जोखिमको अवस्था अझै कायमै रहेकाले रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई बाँके प्रशासनले असार ७ सम्म निरन्तरता दिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सातामा निषेधाज्ञा बढाउँदै लगेको छ । तर, यसपटकको निषेधाज्ञा भने केही खुकुलो छ । बाँके सिडियो शिव राम गेलाल भरी मौन बसेका छ्न । रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा, विवाह, ब्रतबन्ध मृत्यु संस्कार लगायतका सामाजिक कार्यहरुमा बढीमा १५ जनासम्म सहभागी हुन पाउने, दैनिक उपभोग्य बस्तु लगायतका पसल व्यवसायहरु विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने गरी निषेधाज्ञा जारी गरिएको छ । वैकल्पिक सिकाईका माध्यमबाट हुने शिक्षण तथा सिकाई, भिडभाड नहुने उपाय अबलम्बन गरी बिमा, बैंक तथा वित्तिय संस्थाबाट हुने सेवा प्रवाह, कृषि कार्य, उद्योग कलकारखाना, निर्माणस्थलमै श्रमिक कामदार रहने गरी निर्माण कार्यलाई निषेध गरिएको छैन ।

निषेधाज्ञामा शैक्षिक संस्था, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, डान्सर, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, पुजारीबाट हुने नित्य पूजा बाहेक धार्मिक तथा सांस्कृति गतिविधि, यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञा बढाइए पनि पछिल्लो समय उल्लंघन गर्ने क्रम भने बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!