०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

डीआईजी सरुवा अझै एक हप्ता लाग्ने प्रदेश र सीआईबी जान दौडधुप जारी

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । साढे १३ महिना वितिसक्दा पनि नभएको नेपाल प्रहरीका डीआईजीहरुको सरुवा अझै एक सातासम्म रोकिनसक्ने सम्भावना छ । यसअघि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका कारण प्रधानमन्त्रीले चासो नदिँदा सरुवा रोकिएको थियो । तर, गृहमन्त्रीमा खगराज अधिकारी नियुक्ती भएसँगै लामो समयदेखि रोकिएको सरुवा हुने अपेक्षा गरिएको छ । प्रहरीमा एक वर्षमा नियमित सरुवा हुँदै आएको छ ।

नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पादनमा समेत असर पर्ने प्रहरी अधिकारीहरु बताउँदै आएका छन् । डीआईजीहरुको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने गर्दछ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, “मन्त्रीज्युले सबै शाखाहरुको रिपोर्र्टिङ लिइरहनुभएको छ । अब केही दिनमा सरुवाको विषय पनि आउला ।”

कोरोना महामारी र राजनीतिक विवादबीच डीआईजीहरुको सरुवा ओझेलमा परेको हो । सातवटै प्रदेशका डीआईजी र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रमुखको एक वर्षको अवधी गत वैशाख ८ मा पूरा भइसकेको छ ।

एसएसपी र डीआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले पनि सरुवा रोकिएको थियो । तर, आईजीपी शैलेश थापा क्षेत्रीले पनि यसबारे चासो कम दिएकाले सरुवा समयमा हुन नसकेको आरोप पनि प्रहरीकै अधिकारीहरु लगाउँदै आएका छन् ।

डीआईजीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा लागेका छन् । सातवटा प्रदेश र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नेतृत्व लिन डीआईजीहरु बढी सक्रिय भएका छन् । प्रदेश नम्बर १ मा डीआईजी सहकुल थापा र अरुण विसीको चर्चा छ । प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको नाम चर्चामा छ ।

गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेलको चर्चा हुँदा लुम्बिनी प्रदेशमा गणेश ऐरको चर्चा प्रहरी प्रधान कार्यालयमा चल्दै आएको छ । यस्तै कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्णको चर्चा छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम चर्चामा छ । तर, आईजीपी थापा प्रदेशका नेतृत्व गरिसकेका डीआईजीलाई सीआइबीमा नल्याउने मनसायमा रहेको बताइन्छ ।

यस्तै रवीन्द्र धानुकको नाम विशेष व्युरोमा चर्चामा छ । तर, सरुवामा प्रधानमन्त्री केपी ओलीले आफूनिकटका व्यक्तिलाई सरुवामा प्राथमिकता दिने सम्भावना बढी छ । त्यसैले डीआईजीहरु सरुवाका लागि वालुवाटार निकटका व्यक्तिमार्फत लविङमा छन् । बाह्रखरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!