१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या श्रीमतीसहित १० जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ०१, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या, श्रीमतीसहित १० जना पक्राउ
कपिलबस्तु ३१ जेठ । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका– ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।

हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । महिमाले कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्याको योजना बनाएकी थिइन् । ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको बताए । ‘महिमा र ओमप्रकाशले हत्यामा कपिलवस्तु नगरपालिका– २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

दीपकको हत्या गर्ने व्यक्तिहरूलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्याका लागि सुपारी लिने, हतियार खरिद–बिक्री तथा ओसारपोसार गर्ने र अभियुक्तलाई संरक्षण गर्ने ७ जनाको पहिचान भएको छ । उनीहरू कपिलवस्तु नगरपालिका–१ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु नगरपालिका–२ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका–४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा गाउँपालिका–४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका–५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका–१ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका–२ बरगदवा बस्ने प्रवीण गुप्ता रहेका छन् ।

नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो । घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकारसहित संलग्न सबै ९ जना पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ललितपुर । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूद्वारा आज जिल्ला प्रहरी परिसर ललितपुर मातहतको दुर्गम क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय कोन्ज्योसोमको स्थलगत भ्रमण सम्पन्न भएको छ। ललितपुरको दक्षिणी ग्रामीण भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका-१ स्थित उक्त कार्यालयमा उहाँले कार्यरत प्रहरी कर्मचारीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासा तथा कार्यक्षेत्रमा खटिँदा भोग्नुपरेका समस्याबारे जानकारी लिनुभयो। त्यस पश्चात […]

काठमाडौं । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट विदेशीसहित १४ जनालाई पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। त्यसक्रममा उक्त गतिविधिमा संलग्न रहेको आरोपमा १४ जनालाई नियन्त्रणमा लिइएको हो। *पक्राउ पर्नेहरू – रामेछापको उमाकुण्ड […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी डा. हेम केसी राउटे दाजु-बहिनीलाई सहयोग गर्दै उनीहरूसँग अस्तित्व र जीवनशैलीबारे कुराकानी गर्दै हुनुहुन्छ। लोपोन्मुख राउटे समुदायको संरक्षण, शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्यका लागि सहयोग र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।

error: Content is protected !!