०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

प्रहरीको फोटो राखेर को को गयो क्लब हाउसमा

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

(दीपक राज जोशी)
टोकियो । भर्खरमात्र नेपालमा आएको नयाँ सामाजिक सञ्जाल क्लबहाउसको चर्चा छ यति बेला । नयाँ नयाँ अकाउन्ट खोल्नेहरु क्लबहाउतिर धाइरहेका छन् ।
यसैबीच एउटा क्लबहाउसको क्लबमा प्रहरीको पोशाक र फोटोलाई प्रोफाइल बनाएर छलफल गरिरहेको पाइएको छ । आखिर को हुन त उनीहरु ? उनीहरुका सक्कली प्रहरी त पक्कै होइनन् । प्रहरीले यसबारेमा खोजी सुरु गरेको छ ।
नेपाल प्रहरीले क्लबहाउसमा प्रहरीको फोटोलाई प्रोफाइल पिक्चर राख्नेमाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । क्लबहाउसमा प्रहरी अधिकृतहरुको पोशाकसहितको फोटोलाई आफ्नो प्रोफाइल पिक्चर राख्नेहरु माथि प्रहरीले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले प्रहरी अधिकृतको पोशाकसहितको फोटो क्लबहाउसको प्रोफाइलमा राख्नेमाथि छानबिन प्रक्रिया अगाडि बढेको बताए ।
‘हामीलाई पनि बल्ल जानकारी आयो । यसमा हाम्रो ध्यानाकर्षण भएको छ । आवश्यक छानबिनमा लागेका छौं,’ एसएसपी कुँवरले आइसिटी समाचारसँग भने, ‘यो साइबर सम्बन्धि अपराध हो । प्रक्रिया शुरू भएको छ कारबाही हुन्छ ।’
केहो क्लबहाउस ?
क्लबहाउस भ्वाइस च्याटिङ एप हो। एन्ड्रोइड र आईओएसका दुवैमा उपलब्ध छ। यो पूर्ण रुपले अडियो एप हो । यो एपमा केही पनि सेभ हुँदैन् । पछि गएर प्ले गर्छु भनेर यो एपमा गर्न मिल्दैन् ।
यो एपमा प्रयोगकर्ताहरुले विभिन्न छलफल होस्ट गर्ने वा छलफलमा भाग लिन सक्छन् । एप खोलेपछि प्रयोगकर्ताहरु विभिन्न रुमहरुको सूची नै पाउनसक्नेछन ।
ती रुमहरुमा जोइन गर्न पनि सकिनेछ वा आफ्नै रुम बनाउन पनि सकिन्छ । हरेक रुममा भिन्दाभिन्दै विषयहरुमा छलफल गरिन्छ र धेरैजसो समय ती रुमहरु कुनै विषयको विज्ञलेनै होस्ट गर्ने गर्दछन् । यसमा कुनै भिडियो वा पिक्चर हुँदैन् र टेक्स्ट पनि एकदमै विरलै हुने गर्दछ ।
क्लबहाउस मार्च २०२० मा सर्वप्रथम अमेरिकामा सार्वजनिक भएको थियो । सुरुमा यो एपलाई उद्यम पूञ्जीपतिहरुले मात्रै चलाउने गर्दथे तर मस्क, बिलगेट्स जस्ता प्रख्यात व्यक्तित्वहरुले पनि यो एप चलाउन थाले देखि क्लबहाउस चर्चित बन्दै गईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!