१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

कोहलपुर प्रहरीले चोरी भएको मोटरसाइकल धनीलाई हस्तान्तरण

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले नेपालगंज उपमहानगरपालिका १८ भुजईगाउँ बस्ने बर्ष ३६ का बामदेव चौधरीको जेठ ३१ गते हवल्दापुरबाट पार्किङ गरी राखेको भे.९ प ७४९४ नं.को मोटरसाइकल चोरी भएकोथियो उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय कोहपुर बाँकेबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा को.न.पा.१४ रिहारमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले मोटरसाइकल धनीलाई हस्तान्तरण गर्दै ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रातको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन रात्रीकालीन चेकिङ कार्यक्रम सञ्चालन गरिएको छ। चेकिङका क्रममा सवारी साधन, शंकास्पद गतिविधि तथा अवैध क्रियाकलापमाथि निगरानी गरिएको छ। नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले रात्रीकालीन गस्ती र चेकिङलाई थप प्रभावकारी बनाएको छ।

बाँके । नेपालगन्ज जयसपुरस्थित इलाका प्रहरी कार्यालयको पुरानो भवन भत्काउन थालिएको छ। वि.सं. २०१७ सालमा निर्माण गरिएको उक्त ऐतिहासिक भवन अहिले भत्काउने काम भइरहेको छ। लामो समयदेखि प्रहरी कार्यालयका रूपमा प्रयोग हुँदै आएको यस भवनले आफ्नो छुट्टै इतिहास बोकेको छ। करिब ६ दशकभन्दा लामो समयदेखि अस्तित्वमा रहेको भवन भत्काइँदै गर्दा यस क्षेत्रको पुरानो इतिहाससँग जोडिएको […]

बाँके । ट्राफिक प्रहरीकै पोसाकमा ड्युटीमा रहेका बेला सेवाग्राहीसँग अनुचित आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जमा कार्यरत प्रहरी […]

error: Content is protected !!