१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

अनुसन्धानमा अब्बल एसपी नवराज अधिकारी सम्मानित

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८


ABC (क्राईमबिट)
कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुुका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारी नगदसहित पुरस्कृत भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । उनिहरुलाई एक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले सम्मानित गरेका हुन् ।
यही जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले २५ दिन लामो अनुसन्धानबाट गएको सोमबार उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको सार्वजनिक गरेको थियो । घटनामा ११ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट पेस्तोल र ६८ राउन्ड गोली समेत बरामद भएको थियो ।
अनुसन्धानमा गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रातको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन रात्रीकालीन चेकिङ कार्यक्रम सञ्चालन गरिएको छ। चेकिङका क्रममा सवारी साधन, शंकास्पद गतिविधि तथा अवैध क्रियाकलापमाथि निगरानी गरिएको छ। नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले रात्रीकालीन गस्ती र चेकिङलाई थप प्रभावकारी बनाएको छ।

बाँके । नेपालगन्ज जयसपुरस्थित इलाका प्रहरी कार्यालयको पुरानो भवन भत्काउन थालिएको छ। वि.सं. २०१७ सालमा निर्माण गरिएको उक्त ऐतिहासिक भवन अहिले भत्काउने काम भइरहेको छ। लामो समयदेखि प्रहरी कार्यालयका रूपमा प्रयोग हुँदै आएको यस भवनले आफ्नो छुट्टै इतिहास बोकेको छ। करिब ६ दशकभन्दा लामो समयदेखि अस्तित्वमा रहेको भवन भत्काइँदै गर्दा यस क्षेत्रको पुरानो इतिहाससँग जोडिएको […]

बाँके । ट्राफिक प्रहरीकै पोसाकमा ड्युटीमा रहेका बेला सेवाग्राहीसँग अनुचित आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जमा कार्यरत प्रहरी […]

error: Content is protected !!