०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

जिल्ला प्रशासन दाङले गर्‍यो एसपी गणेश चन्दलाई सम्मानित

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८


(ABC-Sanchar)
दाङ । कोरोना महामारीको समयमा उत्कृट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्द सम्मानित हुनुभएको छ । कोरोना महामारीको समयमा उत्कृष्ट कार्य गर्ने चंन्द सहति प्रहरीहरुलाई जिल्ला प्रशासन कार्यालय दाङले सम्मान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले आईतवार एक कार्यक्रमको आयोजना गरि एसपी चन्द सहित प्रहरी अधिकृत एवं प्रहरीहरुलाई सम्मान गरेको हो ।

विश्वभर महामारीको रुपमाफैलिएको कोभिड १९ नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न सक्षम भूमीका निर्वाह गरेको र जिल्लामा जारी निषेधाज्ञा कार्यान्वयन गराउन महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै एसपी चन्दलाई सम्मान गरिएको छ ।

कोरोना महामारीमा कोरोना संक्रमीतको व्यवस्थापन, बिरामीहरुकोलागी अक्सीजन, सिलिण्डर व्यवस्थापन, संक्रमीतहरुको व्यवस्थापनकोलागि सम्बन्धीत अस्पताल तथा सरोकारवाला निकायहरुसँग महत्वपूर्ण समन्वयात्मक भूमीका निर्वाह गरेकाले उच्च प्रशंसा गर्दै एसपी चन्दलाई सम्मान गरिएको हो ।

आफूलाई सुम्पीएको जिम्मेवारीलाई उच्च प्राथमीकता दिई ईमान्दारिताकासाथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
एसपी चन्दसँगै प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी निरिक्षक झविन्द्र परियार, प्रहरी हवल्दार मानेन्द्र केसी पनि कोरोन महामारी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न भूमीका निर्वाह गरेकाले सम्मान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!