११ चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

पत्रकारको परिचयपत्र दुरुपयोग रोक्न र कडा कार्वाहीको माग

Logo
प्रकाशित सोमबार, आषाढ ०७, २०७८


(ABC-Sanchar)
काठमाडौं । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् ।

गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ ।

सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिनलाई कडाइ गर्न शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सङ्घले सबैलाई अनुरोध गरेको छ ।

साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि सङ्घले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आक्रमणकारी ड्रोनले विमानस्थल परिसरमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गर्दा ठुलो आगलागी भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, प्रारम्भिक रिपोर्टमा आक्रमणबाट भौतिक क्षति मात्र भएको र कुनै मानवीय क्षति भएको छैन । कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल राज्हीले घटनास्थलमा तत्काल आपत्कालीन […]

पोर्चुगलको चिसो रातमा, जब विदेशी आकाशमा तारा टिलपिलाउँछन्, एउटा नेपाली युवाको मुटु भने घोराहीको माटोसँगै धड्किरहेको हुन्छ । आँखा बन्द गर्दा पनि त्यो पुरानो मिलनचोक, घोराहीको धुलो उड्ने सडक, राति दुई बजे पानीको लागि गाग्री बोकेर हिँड्ने आमाहरूको थकित अनुहार, र टाढा–टाढाबाट आएको सविन प्रियासन दाजुको आवाजले उनलाई सताउँछ । “म यतिबेला वैदेशिक रोजगारीको शिलशिलामा […]

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ । १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने […]

error: Content is protected !!