२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको ५२ एसपी र ५७ डिएसपीको सरुवा को कहाँ पुगे ?

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार सरुवा भएको हो।

सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ। कास्कीमा एसपी रमेश थापाको सरुवा भएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरमा शिव कुमार श्रेष्ठको सरुवा भएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याकृष्ण अधिकारीको सरुवा भएको छ भने एसपी ओम रानाकोनेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवामा सरुवा भएको छ। त्यस्तै दानबहादुर कार्कीको कपिलवस्तुमा सरुवा भएको छ।

त्यस्तै एसपी दिनेशराज मैनालीलाई तनहुँ पठाइएको छ भने सुरेश प्रसाद काफ्लेको दाङमा सरुवा गरिएको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय खोटाङमा डिएसपी उमेश लम्सालको सरुवा भएको छ।

त्यस्तै डिएसपी प्रमेश बिष्टको महाराजगञ्ज वृत्तमा सरुवा भएको छ। लैनचौर वृत्तका डिएसपी दीपक खड्का कारबाहीमा परेपछि बिष्टलाई लैनचौर वृत्तमा खटाइएको थियो। लैनचौरबाट महाराजगञ्जमा सरुवा भएको हो।

यस्तै डिएसपी ढुण्डीराज न्यौपानेको बौद्ध वृत्तमा सरुवा भएको छ भने डिएसपी दुर्गा दाहाललाई लैनचौर वृत्तको जिम्मेवारी दिइएको छ। यसअघि दाहाल महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!