२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको सिडिओ दीर्घनारायण पौडेल सप्तरीमा राम बहादुर कुरुम्बाङ दाङमा सरुवा

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौँ । गृह मन्त्रालयले दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

मन्त्रालयका अनुसार दाङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा रामबहादुर कुरुम्बाङलाई जिम्मेवारी दिई पठाएको छ भने सप्तरीमा मन्त्रालयकै सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ ।

सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ । विभागका महानिर्देशक द्रोण पोखरेल अनिवार्य अवकाश भएपछि सो ठाउँ रिक्त रहेको थियो ।

प्रशासनिक हिसाबले महत्त्वपूर्ण मानिने सप्तरी र दाङ पठाइएका दुवै प्रजिअ निजामती प्रशासनका काबिल कर्मचारी हुन् । दुवै जनासँग यसअघि जिल्लाको प्रशासनिक प्रमुखको अनुभव छ । आचार्य यसअघि नै दाङको प्रजिअ भईसकेका छन् ।

दाङको जिम्मेवारी दिइएका कुरुम्बाङ गृह प्रशासनका चर्चित सिडिओ हुन् । ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम, प्युठान, बर्दिया, स्याङ्जा, बाँके हुँदै अहिले दाङको जिल्ला प्रशासन प्रमुख भएका कुरुम्बाङ अछाम, बाँके, बर्दिया हुँदा स्थानीयको मन जित्न सफल भई निकै चर्चा कमाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!