२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्सा प्रहरीले चोरीको मोटरसाइकल तथा पार्टपूर्जा सहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८


(रवि वर्णवाल)
पर्सा।वीरगंज महानगरपालिका-२० हरपतगञ्ज विवाहस्थलमा पार्किङ गरेको अवस्थामा चोरी भएको ना.६२ प ९७१७ नम्बरको मोटरसाइकल तथा कागजात नभएका र पार्टपूर्जा खोलिएको अवस्थाका अन्य ११ वटा मोटरसाइकल सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१८ ठेगाना भएका २१ वर्षीय साहेव साह, सोही ठाउँ बस्ने २६ वर्षीय अवधेश प्रसाद पटेल र १५ वर्षीय किशोर रहेका छन् ।

साहेवले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी सोही महानगरपालिका(२२ जगरनाथपुर ढाटस्थित अवधेशप्रसादको मोटरसाइकल ग्यारेजमा ल्याई पार्टपूर्जा खोली बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ग्यारेजमा तलासी गर्दा चोरी भएको मोटरसाइकल तथा पार्टपूर्जा फेला पारी चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर चोरी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]