०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बाँकेका एसपी रानाको सरुवा श्यामकृष्ण अधिकारी आउने

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकको सरूवामा बाँकेका एसपी रानाको पनि सरुवा गरेको हो ।

रानाको प्रहरीको प्रदेश कार्यालय भैरहवा सरुवा भएको छ । बाँकेमा नयाँ एसपीका रुपमा श्यामकृष्ण अधिकारी आउने हुनु भएको छ । यस्तै प्रहरी प्रधान कार्यालयले ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को पनि सरूवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार बाँकेका डिएसपी सुभास खड्काको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा ट्राफिक अपराध अनुसन्धान तथा अभिलेखन शाखामा सरुवा भएको हो ।
खड्काको सरुवासंगै बाँकेमा नयाँ डिएसपीका रुपमा मधुसुदन न्यौपाने आउनुहुने भएको छ । न्यौपाने इलाका प्रहरी कार्यालय टिकापुरबाट बाँके आउन लाग्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!