०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

सिरहा सशस्त्र प्रहरीले अवैध सुनसहित दुईजना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ १०, २०७८

ABC (क्राईमबिट)
सिरहा । सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिनुभयो ।

पक्राउ परेको सुनसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!