२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

असार महिना भित्र चीनबाट थप खोप आउदै

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

(ABC-Sanchar)
काठमाडौं । चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो।

बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भएअनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिनसहितको पत्र आइसकेको छैन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डा. रोशनकुमार पोखरेलले भने। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो।

लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र १ सय देशलाई सहुलियत दरमा बिक्री गरिरहेकाले नेपाललाई पनि सहुलियत दरमा खोप बिक्री गर्ने सम्भावना रहेको मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताए। ‘नेपाल चीनको मित्र राष्ट्र भएकाले पनि उसले खोप सहुलियत दरमा बिक्री गर्ने सम्भावना देखिन्छ’, डा. पोखरेलले भने।

खोप बिक्रीवितरण पनि गोप्य प्रक्रियामा हुने स्थिति रहेको उनले बताए। ‘पहिला जस्तो खुलेर बिक्रीवितरण हुने स्थिति देखिँदैन’, उनले भने।कोभ्याक्सअन्तर्गत अमेरिकाले दिने खोप भने सन् २०२१ को अन्तिमसम्म आइपुग्ने स्थिति रहेको मन्त्रालयले जनाएको छ। कोभ्याक्सले विश्वभरि वितरण गर्ने क्रममा नेपालका लागि ६ लाख डोजजति दिन सक्ने स्थिति छ। कोभ्याक्सअन्तर्गत उपलब्ध हुने खोप अस्स्ट्राजेनेकाको नभएर जोनसोन एन्ड जोनसोन र मोर्डनाको हुन सक्ने डा. पोखरेलले बताए।

कोरोनाबाट ज्यान गुमाउने ९ हजार ९

नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ९ हजार ९ जनाको मृत्यु भएको छ। जसमध्ये करिब ६ हजार जनाको कोरोना संक्रमणको दोेस्रो लहर मा मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोरोनाको दोस्रो लहरका क्रममा गत चैत २० यता ५ हजार ९ सय ६७ जनाको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ६० वर्ष उमेरमाथिका छन्।

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर १९.५ प्रतिशत रह्यो। पिसिआर परीक्षण गरिएका ९ हजार ८ सय ३६ जनामध्ये १९ सय २० जनामा संक्रमण पुष्टि भएको हो। थपसहित नेपालमा संक्रमित संख्या ६ लाख ६५ हजार ७ सय ७७ जना संक्रमित पुगेको छ। अहिले मुलुकमा ४० हजार ३ सय ३६ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३७ हजार ४ सय ८९ जना होम आइसोलेसन र २ हजार ८ सय ४७ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]