०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

हराएकी सुजाताको शव आफ्नै खेतमा गाडिएको भेटियो प्रहरीलाई झुक्याएर अर्कैसँग भागेको भन्दै खोजीदिन निवेदन

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

ABC (क्राईमबिट)
चितवन । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो।

घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको पाइएको छ। शव पूरै गलेको छ। त्यसलाई गलाउन नुनसमेत राखिएको भेटिएको छ। माइती पक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ। सुजिताका पति भने सुस्त मनस्थितिका छन्। हाल पनि उनी श्रीमतीबारे बेखबर छन्।

सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो। तकिया मुखमा कोचेर मार्न खोजेको थियो। उनी त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन्। तर, सधैँ एकनाश हुँदैन। आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे।’ गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर भनेका थिए, ‘तपाईंको बहिनी झै–झगडा गर्दैछ। तपार्इंहरू आउनुस्, लिएर जानुस्।’ आउन लागेको बेला फेरि फोन आयो र भनियो, ‘आउनु पर्दैन सबै कुरा मिलिसक्यो।’

त्यही दिनदेखि सुजिता बेपत्ता पारिइन्। सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो। ‘तपाईंको छोरी/बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने। हामीलाई विश्वास लागेन। बहिनीको कोठामा लगाइएको ताला फोडेर हेर्‍यौं। त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए’, उनले भने, ‘यसले झन् शंका बढायो। तर, हामीसँग खोज्नेबाहेक अन्य कुनै विकल्प पनि थिएन।’

सुजताका दाइ शिवमले चार वर्षीय भान्जा र भान्जीलाई केही हानी नोक्सानी पुर्‍याउँछन् भन्ने डर लागेर आफूसँगै लिएर गए। गहभरि आँसु झार्दै पाण्डेले भने, ‘विस्तारै भान्जा र भान्जिबाट बुझ्दै जाँदा बहिनीलाई धारिलो हतियारले काटेर फ्रिजमा राखी खेतमा गाँडेको पोल खुल्दै गयो।’

उनीहरू किटानी जाहेरी लिएर प्रहरीमा गए। ‘तर, एसपी साबले जाहेरी लिन मान्नुभएन’, उनले भने। अनुसन्धानका लागि दबाब दिँदै आएकी सामाजिक अभियन्ता गुञ्जा रायले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी लिएर दर्ता गराउन जाँदा यथेष्ठ प्रमाण नभएको भन्दै प्रहरीले जाहेरी लिन नमानेको सुनाइन्। उनले भनिन्, ‘हामीले साढे चार वर्षको बालकको बयान, फोन कल रेकर्ड र मृतक सुजिताको देवर रुपेशको पटक–पटक कुरा फेर्ने प्रवृत्तिका कारण हामीलाई पहिल्यै शंका लागिराथ्यो कि सुजिताको हत्या भइसकेको छ। तर, प्रहरीले अर्कैसँग भागेको अनुमानको आधारमा इलाका प्रहरी कार्यालय पिपरामा खोजबिन निवेदन दिन लगाएर घटनालाई अल्झाएको थियो। अन्नपूर्णपोस्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!