०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

जांदा-जादै कुरुम्वांग र रानाले गरे अग्नि पीडितलाई राहत सहयोग

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८

(ABC-Sanchar)
बाँके । हालै सरुवा भएर दाङ जानुभएका ततकालन बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग र रुपन्देही सारिएका ओम राना बांकेको नरैनापुरमा अग्नी पिडितलाई ततकाल राहत बितरण गर्दै साथमा लनैनापुरका अध्यक्ष इस्तियाक अहमद शाह लगायतको टिम ।
बांके नेपालगञ्ज भ्रष्ट प्रहरी र प्रशासन प्रमुखहरुका लागि कमाउ जिल्लाका निम्ति पहिचान बनाउदै आएकोमा बिगत लामो समय पछी हालै सरुवा भएर गएको प्रहरी र प्रशासन प्रमुखले बिगतका नराम्ररा रेकर्ड तोडन सफल भएका छन ।

हालै सरुवा भएर दांग जानु भएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग र रुपन्देही सारिएका ओम राना मगर को जोडिले बांकेमा कार्यरत रहदा जनताका लागि केही गर्नुपर्दछ भन्ने केही तथ्यगत आधारहरु छोडेको पाइन्छ ।

कोरोनाको हट स्पट बनेको बांकेमा स्थानिय बासीन्दा तथा जनप्रतिनिधीहरुलाई साथमा लिएर सबै सरोकारवाला निकायसंग समन्वय गरेर भेरी अस्पतालमा कोरोना बिशिष्ट अस्पताल स्थापना तथा सञ्चालनका सहजीकरण गरेर कोरोना कहरबाट जनता बचाउन रात-दिन खटेको थियो ।

नेपाल–भारत खुला सिमा क्षेत्रमा भन्सार छली तथा चोरी निकासीमा नियन्त्रण गरेर नेपालगञ्ज भन्सारमा लक्ष्य भन्दा बढी राजश्व उठाउन वाताबरण निर्माण गरेको र सिमापारको बजारको सटटा स्थानिय नेपालगञ्ज बजार प्रवद्धनका लागि भुमिका निर्बाह गरेको थियो ।
बिभिन्न सरकोकारवाला निकायहरुसंग समन्वय गरेर शान्ती सुरक्षा गर्दा नेपाल प्रहरीलाई आवश्यक पर्ने सवारी साधान खरिद गरी उपलब्ध गराउने कार्य गरेको छ ।
स्थानिय ब्यापारी तथा सर्वसाधण्नको लगानीमा नेपालगञ्ज शहरका बिभिन्न ठाउंमा जडान गरिएका सिसि क्यामेरा सबै बिग्रीयर बन्द रहेको अवस्थामा पुन मर्मत गरेर सञ्चालनमा ल्याउनुको साथै उक्त सिसि क्यामेराबाट भएगरेका घटनाको समेत उक्त क्यामेराको आधारमा समाधान गरेको छ । त्यसैगरी बांकेका मुख्य मुख्य ठाउंमा प्रदेश प्रमुख र चाहेको समयमा केन्द्रिय सरकारले समेत हेर्न सक्ने गरी उच्च स्तरिय गुणस्तरका सिसि क्यामेराहरु कोहलपुर, जमुनहा, पूर्वपश्चिम राजार्गको बनकटवा लगायतको ठाउंमा जडानका लागि सहजीकरण गरेको छ ।

नेपालगञ्जमा हाल सम्मकै ठुलो रकम बराबरको पेशेवर कटपत्ती जुवाडेहरु पक्राउ गरी नियन्त्रणको प्रयास गर्नुका साथै जुवाडे छुटाउन स्थानिय बिभिन्न दलका नेताले दिएको दवाब देखी प्रपञ्च चिदै माथीका हाकीम र पैसा खाएर छुटछन भन्ने बिगतका मान्यतालाई असत्य साबित गदै जुवार्डलाई पहिलो चरणको कार्बाही अन्तरगत लामो समय हिरासर बसेका थिए ।
कोहलपुरको चौराह देखी पूर्व पटटीको कोहलपुर नगर बिकास समितिलाई नेपाल सरकारले बिक्रम सम्वत २०४२ सालमा दिएको जग्गा स्थानिय कमाउवाला कथित नेता देखी भ्रष्ट जनप्रतिनिधिको समेत संलग्नतामा मुल्यवान जग्गा ब्यक्तीको नाममा लिएर रातारात अरबौ कमाउने दलालहरु प्रशासनहरुले नदेखे र थाह नपाए जस्तो गरे बापत एक स्थानिय नेता मार्फत १ करोड नगतको अफरलाई लत्याएर उक्त जग्गा नगर बिकास समितिकै भएको सम्व्न्धीत अदालतमा समेत सत्य तथ्य जानकारी गराएर उक्त जग्गा दलालहरुको हालमा जानबाट बचाएका थिए ।
बांकेको खजुरामा बिभिन्न समयमा बिभिन्न प्रपञ्च रचि सरकारी दलाल कर्मचारीहरुको समेत मिलेमतोमा सरकारी रेकर्डहरु समेत थपघट गरि बाबा कुटीको ब्यक्तीको नाममा गएको २९ बिघा जग्गा मध्य १७ बिघा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको र उक्त जग्गा काण्डमा सहकर्मिहरुले समेत पैसाको लोभ लालच गरेको अवस्थामा ५० लाखको अफर ठुकराएर उक्त कार्य गरेका छन ।
स्थायी रुपमा कहिल्य सुल्झाउन नचाहने प्राकृतिक स्रोत र साधनको उत्खनन, प्रशोधन, ओसार–प्रसार र प्रयोगमा केही समय भएपनि नियन्त्रण र प्रक्रियामा ल्याउने प्रयास गरिएको छ ।
प्रहरी सेवामा प्रबेश गर्नु अघि केही साप्ताहिक तथा मासिन म्याग्जीनका सह–सम्पादक भएर काम गरिसक्नु भएका ओम रानाले जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी सम्हाले देखी निम्न बमोजिमको उल्लेखनिय काम गर्नु भएको छ ।

ओम रानाको नेतृत्वको बांके प्रहरीले १ वर्षको अवधिमा जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रणको क्रममा विभिन्न अपराधिक गतिविधिमा संलग्न भई अदालतको फैसलाबाट कैद तथा जरिवाना भई फरार रहेका, मोस्ट वान्टेड सूचीमा रहेका, वर्षौदेखि फरार रहेका ६०२ अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दी गर्ने जस्ता विभिन्न अपराधमा संलग्न ७ सय ७५ मुद्दामा १ हजार १ सय ३५ जनालाई पक्राउ गरेको छ ।
फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपैयाँ असुल र अन्य विभिन्न जरिवाना र कारबाहीबाट ५ करोड ४८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी सिज समेत गरेको छ ।
अपहरण गरेर हत्या गर्ने ३ जना मोस्ट वान्टेड, सहकारी बित्तिय संस्थामा करीब ४३ करोड बराबरको रकम हिनामिना गर्ने मध्ये ७ जना, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने ३ जना र ८ जनालाई ८ वटा अवैध हात–हतियारसहित पक्राउ, राष्ट्रिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पक्राउ गरेर कारवाही अगाडी बढाइएको छ ।
बांके जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५ सय ६० वटा साइकल, २८ वटा ई रिक्सा, २ वटा बोलेरो र ३ वटा ट्रक सहित १ सय ९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
बांके जिल्लामा भएगरेका अपराधहरु अध्ययनको क्रममा करीब ७५ प्रतिशत लागु औषध प्रयोगकर्ताहरु संलग्न देखिएकोले बांकेमा लागूऔषध निस्तेज पार्न विशेष अभियान संचालन गरिएको र उक्त अभियान अन्तरगत ५ सय ६८ ग्राम भन्दा बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफिम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी गाँजा र ३६ लिटर भन्दा बढी कोरेक्स सहित १ सय ८२ जनालाई पक्राउ गरेको छ ।
बांकेमा कोरोना व्यवस्थापनमा १ वर्षको अवधीमा ३४ वटा आइसोलेसनको व्यवस्थापन गरेको थियो । हाम्रो सम्रचनाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!