०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बाँकेमा मंगलबारदेखि सार्वजनिक सवारी साधनहरु सञ्चालनमा

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८


(महेन्द्र सिंह)
बाँके । करिव दुई महिनापछि आजदेखि बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । भाइरस संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेकाले तत्कालकालागि मंगलवारदेखि ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने स्थानीय प्रशासनले निर्णय गरेको थियो ।

त्यहीअनुसार मंगलवारदेखि बाँकेमा विजोर नम्वरका सवारीसाधन चलेका छन् । दिनअनुसार, जोर विजोर नम्वरका सवारीसाधन चल्ने छन् । जोर अंक परेको दिन जोर नम्वरका र विजोर अंक परेको दिन विजोर नम्वरका सवारीसाधन चल्ने बाँके प्रहरीले जनाएको छ । सवारीसाधनमा स्वास्थ्य मापदण्ड भने पूर्णरुपमा पालना गर्नु पर्ने बाँकेका सिडियो शिवराम गेलाले बताए ।

अनिवार्य रुपले मास्कको प्रयोग गर्नुपर्ने छ । सेनिटाइजरको प्रयोगलाई पनि अनिवार्य गरिएको उनले बताए । बजार व्यवसाय भने विहान ९ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय यथावत रहेको छ ।
दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याएर असार २१ गतेसम्म पुर्याइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!