०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बाँके जिल्ला एसपी अधिकारीको आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता

Logo
प्रकाशित बुधबार, आषाढ १६, २०७८


(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै बुधबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उहाँले खुला सीमानाका क्षेत्रमा हुने चोरी तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अपराधको वर्गिकरण गरेर त्यसै अनुसार योजना बनाउने र त्यसलाई निरुत्साहित पारिने पनि प्रतिबद्धता जनाउनु भयो । बाँके जिल्लामा लागुऔषध कारोवार र प्रयोग दुवैको ट्रान्जिट प्वाइन्ट भएको भन्दै उहाँले त्यसको नियन्त्रणमा कुनै कसुर बाँकी नराखिने विश्वास दिलाउनुभयो ।

बरामद गरिएको लागु औषध महिना महिनामा सार्वजनिक गरिने र पत्रकारकै रोहवरमा नष्ट गरिने उहाँको भनाइ थियो । यसअघि प्रहरीले बरामद गर्ने लागु औषध कहाँ र कसरी नष्ट गरिन्छ भन्दै प्रहरी माथि प्रश्न उठ्ने गरेको थियो । उहाँले विपद्बाट हुने जोखिम र क्षती कम गर्ने उपायबारे प्रहरी तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!