२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

विश्व विद्यालयको सूचना बन्यो चौतर्फी आलोचनाको विषय

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

(समीर अली बेहना)
बाँके । त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालन हुने वार्षिक परिक्षाको सूचना सार्बजनिक भए लगत्तै मुस्लिम समुदायले चौतर्फी आलोचना सुरु गरेका छन् । सार्बजनिक गरिएको सूचना पत्रमा प्रथम वर्ष बि बि एस , बि बि ए , बि एस सि लगायतको परिक्षा मिति तोकिएको छ । उक्त सूचना पत्रमा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन परिक्षा तोकिएकोले चौतर्फी आलोचना सुरु भएको हो । देश भरी आलोचनाको विषय बनेको त्रिभुवन विश्व विद्यालयको सूचना पत्रमा मुस्लिम समुदायले पर्वको दिन परिक्षा नराख्न माग गरेको छन् ।
नेपाल वल्मा काउन्सिल बाँके तथा बर्दीयाका संयोजक मुफ्ती मोहम्मद कैफुल्वरा खानले भन्नु हुन्छ, ` पर्व कै दिन परिक्षा राख्नु र मुस्लिम समुदायको महान पर्वहरुमा सार्बजनिक विदा कटौती गर्नु चिन्ताजनक विषय हो । यस्तो समस्याहरु समाधान गर्न नेपाल सरकारको समयमा ध्यानाकर्षण हुन जरुरी छ । अन्य समुदाय जस्तै मुस्लिम समुदाय पनि नेपाली नागरिक रहेकोले पर्वमा कटौती भएका सार्वजनिक विदालाई पुनः दिनु पर्छ र पर्वकै दिन परिक्षा तोकनु भनेको एउटा समुदायको आस्था माथी प्रहार सरह नै हो, जसले गर्दा सरकारले मुस्लिम समुदाको हकहितमा हुनेगरी काम गर्न जरुरी छ ।´ मुस्लिम समुदायको अनुसार पञ्चायतकाल देखी मुस्लिम समुदायले पाई रहेको समुदायको महान पर्व ईदुल फित्र, ईदुल अजहा र ईदे मिलादुन नबिको सार्बजनिक विदा सरकारले कटौती गरी धर्म निर्पेक्षता माथी नै प्रश्न खडा गरेको छ । जनकपुरधाम बस्ने आशिक अलीले भन्नू हुन्छ, `त्रिभुवन विश्वविद्यालय नेपालको एउटा प्राज्ञिक संस्था हो । त्यसैले त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायमा विभिन्न जातजातिका,भाषाभाषी ,धर्म र संस्कृति भएका विद्यार्थीहरु अध्यनरत छन् । सबै समुदायको नागरिकहरुको मर्म र भावनाअनुरुप कार्य गरेमा मात्र सबैको”त्रिभुवन विश्वविद्यालय हो” भन्ने भावना प्रकट हुन्छ । लामो समय देखि सबै विद्यार्थीहरु फुर्सदमा थिए, घरपरिवार सँग रमाउँदै लकड़ाउन विताउँदै थिए तर अचानक त्रिभुवन विश्वविद्यालयले परीक्षा लिन हतार भयो भन्दै परिक्षा तोकनु विद्यार्थीहरुको हकहित विपरीत छ । त्रिभुवन विश्व विद्यालयले श्रावण ५ गतेदेखि बि.एससी दोस्रो बर्ष, बिबिएस दोस्रो बर्ष र बिए दोस्रो बर्षको परीक्षा लिने तालिका सार्वजनिक गरेको छ । त्यस तालिका अनुसार श्रावण ६ गते मुस्लिमहरुको दोस्रो ठुलो चाड इद-उल-अजहाको दिन समेत ३ वटै संकायको परीक्षा राखेको छ। देशमा मुस्लिमहरुले लोकतन्त्र र धर्म निरपेक्षताको अनुभुती कहिले हुने हो ? त्रिभुवन विश्व विद्यालयले परिक्षा तालिका तयार पार्दा सबैको चाडपर्वको ध्यान दिने तर मुस्लिम समुदायको बारम्बार उपेक्षा किन गरेको होला ? कति ! दुर्भाग्य र लाजमर्दो अवस्था हो बनेको छ हाम्रो देशको । हाम्रो मुस्लिम नेताकार्यकर्ता र मुस्लिम आय‍ोगको समेत बिजोग अवस्था छ । प्रत्येक वर्ष भिख जस्तै सार्वजनिक बिदाको लागि प्रधानमन्त्री र गृहमन्त्री कहाँ विज्ञप्ति लिएर जाने त्यहाँबाट आश्वासन लिने, मुस्लिम विद्यार्थीहरुको लागि हरेक वर्ष चिन्ताजनक विषयको रुपमा सूचना सार्बजनिक हुने, जबसम्म कानुनी र संवैधानिक रुपमा मुस्लिम समुदायको पर्वहरुमा राष्ट्रिय स्तरमा सार्वजनिक विदा राज्यले दिदैन तबसम्म यस्ता समस्या हरु आउने गर्छन । त्यसकारण नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय ,मुस्लिम आय‍ोग लगायत विभिन्न विद्यार्थी संगठनहरुले साथै दलका नेता लगायत सम्पूर्ण शौक्षिक सरोकारवाला निकायहरुले समयमै ध्यानाकर्षण गरि मुस्लिम समुदाय र मुस्लिम विद्यार्थीहरुको हकहित अनुकूल हुने गरि नीति नियम बनाउनु पर्छ । ´

त्यस्तै नेपालगञ्ज मुस्लिम समाज संस्था बाँकेका महासचिव तथा नेपाल मुस्लिम हज समितिको केन्द्रिय सदस्य मेराज अहमद हल्वाइले भन्नु हुन्छ, ` नेपाल सरकारले मुस्लिम समुदायको महान पर्व कटौती गरेर निर्पेक्षता नै गुमाएको छ । पटकपटक यस विषयमा मुस्लिम समुदायले आवाज उठाउँदा समेत ध्यानाकर्षण भएको छैन जुन नेपाली नागरिकहरुको लागि चिन्ताजनक विषय हो । हल्वाइले बताए कि यस विषयमा नेपाल मुस्लिम आयोगले समेत पटकपटक आवाज उठाउँदै आएको छ भने आम नागरिकले समेत पर्वमा गरिएको सार्बजनिक विदा कटौतीलाई पुनर्बहाल गर्न माग गरेका छन् ।´ यस विषयमा संकल्प डेली न्यूजले केहि त्रिभुवन विश्व विद्यालयको विद्यार्थीहरुसंग सोधपुछ गर्दा एकजना महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने मुस्लिम समुदायको युवा बिद्यार्थी अनिश इद्रीशीले भने `प्रत्येक वर्ष टि यू ले पर्व कै दिन परिक्षा सञ्चालन गरेकोले हामीलाई पर्व मनाउन सास्ती हुन्छ, हामीले ईदको नमाज पढ्ने समय समेत मिलाउन सकेको हुँदैनौं ।´ जबकी सहमत हुशैन अन्सारीले भन्नु हुन्छ सरकारले मुस्लिम समुदायको पर्वहरुमा कटौती गरेको सार्बजनिक विदा पुनः दिई लोकतान्त्र र धर्म निर्पेक्ष रास्ट्रको अनुभुती गराउन सक्छ । एउटा लोकतान्त्रिक गणतन्त्र देशमा सबै समुदायको अनुकूल हुने गरि निति नियम हुन अत्यन्त जरुरी हुन्छ । उहाँले भन्नु भयो बहुल्यताको आधार भन्दा सरकारले सबैको आस्था श्रद्धालाई जोगाउने तिर लाग्नु पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]