०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

इप्रका तुलसीपुरमा डीएसपी अर्याल कानुन मिच्ने कसलाई नछाड्ने प्रतिबद्धता

Logo
प्रकाशित शुक्रबार, आषाढ १८, २०७८


(सागर थापा)
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा नयाँ डीएसपी श्याम अर्याल आएका छन् । उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिए ।
डीएसपी अर्यालले शुक्रबार तुलसीपुरमा पत्रकारसँग कुराकानी गर्दै तुलसीपुरको शान्तिसुरक्षाका बारेमा सुझाव लिए । पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न सुझाव दिए । ´तुलसीपुर शान्तिसुरक्षाका हिसाबले अति संम्बेदनशील छ ।`पत्रकारहरूले भने,´कसैको प्रभाव र दबाबमा नपरेर शान्तिशुरक्षामा खटिनुहोला ।`
डीएसपी अर्यालले आफु तुलसीपुरको शान्ति सुरक्षामा प्रतिबद्ध भएको भन्दै कानुन मिचेर काम गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाए । उनले भने,´अपराधीलाई कार्वाही गर्ने प्रहरीको काम हो । म त्यसै अनुसार काम गर्छु । डीएसपी अर्यालले तुलसीपुरको मुख्य चुनाैती जुवातास,बेश्यावृती,अबैध उत्खनन र लागूऔषध सेवन तथा कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताए ।
मातहतका चाैकीले व्यवसायी बाट पेट्रोल मागेको गुनासो आएको भन्दै आफूले आइन्दा कसैसँग पेट्रोल नमाग्न चाैकी इन्चार्जहरूलाई निर्देशन दिएको समेत डीएसपी अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!