०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

टीकापुर प्रहरीले लागुऔषध सहित २ जना पक्राउ खुल्ला सीमा कारण ओसारपोसार हुने

Logo
प्रकाशित शनिबार, आषाढ १९, २०७८

(सर्मिला बोगटी)
धनगढी । टिकापुर लकडाउनका कारण सीमावर्ती बजारसम्म सहज आवागमन नभएपछि भारतीय नागरिकले नै लागुऔषध सीमा क्षेत्रसम्म पुर्‍याउने गरेका छन्। लागुऔषध खरिदका लागि कारोवारी र सेवनकर्ता सीमा क्षेत्रमै पुग्ने गरेको पाईएको छ।

कोरोनाका कारण शैक्षिक संस्था बन्द भएपछि धेरैजसो युवायुवतीहरु लागुऔषधको दुर्व्यसनमा फसेका छन्। युवायुवतीहरु लागुऔषध दुव्र्यसनमा फसेपछि विभिन्न अपराधिक क्रियाकलापका घटना समेत बढेका छन्। प्रहरीका अनुसार लागुऔषध दुर्व्यसनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन्। पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फस्नेमा युवासँगै युवतीको संख्या समेत त्यत्तिकै बढेको छ।

लागुऔषध कारोवारमा महिलाहरुको संलग्नता समेत धेरै देखिएको छ। उनीहरुमाथि सुरक्षाकर्मीले शंका नगर्ने अनुमानका आधारमा महिलाहरु लागुऔषध कारोवारमा संलग्न हुने गरेको पाईएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरले लागुऔषध कारोवारमा संलग्न यस्तै एक कारोवारी महिलालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिका–६ भर्तापुरकी २४ वर्षीया सुमन चौधरी लागुऔषधसहित पक्राउ परेकी हुन्। प्रहरीले उनको पसलबाट ६०० थान नाइट्राभेट–टेन र ९६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको छ।

प्रहरीका अनुसार चाउचाउको पेटीभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध बरामद भएको हो। पक्राउ परेकी ती महिलाले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताएकी छन्। उनले श्रीमान लौटन चौधरीलाई जानकारी हुने बताईन्। उनका श्रीमान हाल फरार छन्।

सोही ठाउँका २५ वर्षीय दिलिप राई लागुऔषधसहित पक्राउ परेपछि प्रहरीले चौधरीको पसलमा छापा मारेको बताएको छ। प्रहरीले राईलाई टीकापुर नगरपालिका–३ रामपुरबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६० थान नाइट्राभेट–१० र १६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको छ।

पक्राउ परेका राईले चौधरीको पसलबाट खरिद गरेको जानकारी दिएपछि प्रहरीले छापा मारेको थियो। उनीहरु दुवैजनालाई लागुऔषध कारोवार अन्तर्गत मुद्दा चलाईने इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

यस्तै जेठ ३ गते समेत प्रहरीले लागुऔषध ओसारपोसारमा संलग्न थप दुई महिलालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बैदीका दिलु रिमाल (२४) र राधा पाण्डे (१९) रहेका छन। प्रहरीले उनीहरुको साथबाट ९ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।

उनीहरुले प्रहरीसँगको बयानमा एक भारतीय नागरिकबाट ३४ हजार रुपैयाँमा सीमा क्षेत्रबाट खरिद गरेर ल्याएको बताएका थिए। प्रहरीले उनीहरु उपर लागुऔषध ओसारपोसारको मुद्दा दायर गरेको छ। हाल उनीहरु दुवैजना प्रहरी हिरासतमा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट हालै इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जका रुपमा सरुवा भई आएका डिएसपी सापकोटाले लागुऔषध नियन्त्रण आफ्नो प्रमुख जिम्मेवारी हुने प्रतिवद्धता व्यक्त गरे।

सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा डिएसपी सापकोटाले समाजलाई लागुऔषधमुक्त बनाउने प्रहरीको अभियानमा साथ दिन आग्रह गरे। उनले प्रहरीको एक्लो प्रयासले मात्रै समाज सुधारको दिशामा अघि नबढ्ने बताउँदै सबैको हातेमालो आवश्यक रहने बताए। नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!