
(महेन्द्र सिंह)
बाँके । प्रहरीले अवैध रुपमा जम्मा गरेर राखिएको आठ लाख बराबरको सामान बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बस्ने मोनु कवडियाले नेपालगञ्ज वडा नं. ७, एमपी स्कूल नजिक एक घरमा कोठा भाडामा लिएर अवैध सामान जम्मा गरेका थिए । 
विशेष सूचनाका आधारमा प्रहरीले कवडियाले भन्सार छलेर जम्मा गरी राखेको मोटरसाइकल तथा गाडीका पार्टस्, कपडा, छातालगायतको सामान बरामद गरेको जनाएको छ ।
बाँके प्रहरीले बरामद भएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगञ्जमा पठाइदिएको जनाएको छ । 