२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा एसपी अधिकारी आएदेखि बिना काम रातिमा हिन्नेहरु पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ १९, २०७८


(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले रातीमा बिना काम अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिन थालेको छ ।
बाँके प्रहरीका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, गएराती २२ जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्लामा चोरीका घटना बढेकाले रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने अभियान थालेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
‘रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने अभियान थालेका छौं, प्रवक्ता न्यौपानेले भन्नुभयो, जरुरी काम नै परेका व्यक्तिलाई केही गर्दैनौ । अनावश्यक हिडेका छन् भने उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्छौ ।’
नेपालगञ्जमा लागु औषधी र चोरीका घटना बढी छन् । प्रहरीको बुझाईमा काम नपरी आधा रातमा हिड्नेहरु सही हुँदैनन् ।
प्रहरीले एक रात नियन्त्रणमा राखेका २२ जनालाई सोधपुछ गरेर छोड्ने प्रक्रिया अघि बढाएको छ । तीमध्येमा तीन जनालाई विद्युत कार्यालयमा केही समस्या रहेकाले उता पठाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए साथै यो पहिलो पटक हो यसरी रातभर बिना काम हिन्ने हरुलाई प्रहरीले पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]