१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २०, २०७८

ABC (क्राईमबिट)
बर्दिया । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दिया मधुवन नगरपालिका वडा नं. ९ को सिर्जनशील टोलबाट कमल शर्मालाई १० ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागु औषधीको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएपछि ब्यूरो र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सिर्जनशील टोलस्थित हुलाकी सडक खण्डमा शर्मालाई जाँच गर्दा ब्राउनसुगर बरामद भएको बर्दिया प्रहरीले बताएको छ । प्रहरीले शर्माविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
बाँके र बर्दिया सीमावर्ती जिल्ला भएकाले भारतबाट लागु औषधीको कारोबार हुने गरेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रातको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन रात्रीकालीन चेकिङ कार्यक्रम सञ्चालन गरिएको छ। चेकिङका क्रममा सवारी साधन, शंकास्पद गतिविधि तथा अवैध क्रियाकलापमाथि निगरानी गरिएको छ। नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले रात्रीकालीन गस्ती र चेकिङलाई थप प्रभावकारी बनाएको छ।

बाँके । नेपालगन्ज जयसपुरस्थित इलाका प्रहरी कार्यालयको पुरानो भवन भत्काउन थालिएको छ। वि.सं. २०१७ सालमा निर्माण गरिएको उक्त ऐतिहासिक भवन अहिले भत्काउने काम भइरहेको छ। लामो समयदेखि प्रहरी कार्यालयका रूपमा प्रयोग हुँदै आएको यस भवनले आफ्नो छुट्टै इतिहास बोकेको छ। करिब ६ दशकभन्दा लामो समयदेखि अस्तित्वमा रहेको भवन भत्काइँदै गर्दा यस क्षेत्रको पुरानो इतिहाससँग जोडिएको […]

बाँके । ट्राफिक प्रहरीकै पोसाकमा ड्युटीमा रहेका बेला सेवाग्राहीसँग अनुचित आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जमा कार्यरत प्रहरी […]

error: Content is protected !!