०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

फिलिपिन्समा सैन्य विमान दुर्घटना मृत्यु हुनेको सङ्ख्या ५० पुगेयो

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८

 

काठमाडौँ । दक्षिण फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । ९६ यात्रु बोकेको लकहिड सी–१३० विमान दुर्घटनामा परेको थियो । विमानमा अधिकांश सेनाहरू रहेको बताइएको छ ।

घटनामा ४९ जना सैन्य अधिकारीहरू घाइते भएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनामा तीन स्थानीय सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको अनुसन्धान भइरहेको फिलिपिन्सको सुरक्षा बलले एबीएस–सीबीएनलाई जानकारी दिएको छ । विमानमा बाहिरी आक्रमणको कुनै सङ्केत नदेखिएको जनाइएको छ ।

उक्त विमान यसअघि अमेरिकी एयर फोर्सको सेवामा रहेको थियो । फिलिपिन्सलाई जनवरीमा मात्रै हस्तान्तरण गरेको थियो ।
१९८८ मा यो विमानको पहिलो उडान गरेको एभिएसन सेफ्टी नेटवर्कले जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!