०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

संचार विधेक पुनर्लेखनको माग गर्दै सिडियो मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८

(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । महासंघ दाङ शाखाले आइतवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र पठाएको हो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आह्वानमा प्रदेशका १२ वटै जिल्लाका पत्रकार महासंघले मुख्यमन्त्रीलाई यस्तो ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा महासंघले लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पठाएको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई दण्ड जरिवानादेखि जेस सजायसम्मको प्रावधान राखेर लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले खेलेको भूमिका विर्सिएर मिडिया र मिडियाकर्मीहरुमाथि कानुनी डण्डा चलाउने सोंच झल्किएको भनेको छ ।
महासंघले उक्त विधेयक तत्काल प्रदेशसभाबाट फिर्ता गरेर पुनर्लेखनको वातावरण मिलाउन माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको मर्म र धर्म बुझेका मुख्यमन्त्रीले तत्काल सरोकारवालाहरुसँग छलफल गराएर सञ्चारमैत्री विधेयक निर्माणको वातावरण बनाउनु हुनेछ भन्ने अपेक्षा छ ।’ मागको सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम गर्ने महासंघले वताएको छ । महासंघ प्रदेस समितिले उक्त सञ्चार विधेयकको विरोधमा प्रदेश सभा चल्दा कालोपट्टी बाँधेर विरोध जनाउने निर्णय गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!