०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बर्दिया प्रहरीले १ दिन कैद सजाय तोकिएका फरार अपराधी पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८


(सर्मिला बोगटी)
बर्दिया । जिल्ला प्रहरी बर्दियाले ज्यान मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको छ । प्रहरीले बारबर्दिया नगरपालिका–७ बस्ने ४५ वर्षिय बल बहादुर थापा क्षेत्री पक्राउ गरेको हो ।

०७१ साल मंसिर १ गते जिल्ला अदालतको फैसला आदेशले एक दिन कैद सजाय तोकेको थियो । एक दिनको सजाय तोकेको दिन देखि क्षेत्री फरार रहेका थिए ।

प्रहरीले क्षेत्रीलाई आईतबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

चालु आर्थिक वर्षमा विभिन्न मुद्दामा फरार रहेका ९० जनालाई पक्राउ गरेको बताए । फरार रहेकालाई पक्राउ गरी ५१ वर्ष ८ महिना २५ दिन कैद सजाय भुक्तान गराउन सफल भएको जनाए । त्यसैगरी रु २१ लाख ९९ हजार २ सय ९ जरिवाना असुल गराईएको एसपी कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!