
(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छलेर ल्याएको पंखा बरामद गरेको छ ।
पेट्रोलबाट चल्ने अटो रिक्सामा राखेर सानो र ठूलो गरी ७० थान पंखा ल्याइएको थियो । प्रहरीले ट्राफिक चोक जाँच गर्दा उक्त पंखा बरामद भएको हो । प्रहरीका अनुसार पंखा अन्दाजी ८० हजार बराबरको रहेको छ । बझाङका जसमन धामीले चलाएको अटोरिक्साबाट पंखा बरामद भएको बाँके प्रहरीले बताएको छ ।
बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।