२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले धादिङबाट चोरी भएको कारसहित एकजना दाङमा पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८

ABC (क्राईमबिट) दाङ । दाङ प्रहरीले चोरीको कारसहित एक जना किशोरलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उप-महानगरपालिका-५ न्युरोड बस्ने १७ वर्षीय नबिन सार्की रहेका छन् । आजभन्दा करिब १०/१५ दिन अगाडी धादिङबाट बा१६च ८७३५ नम्बरको कार चोरी भएकोमा आज ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङको प्रहरी टोलिले नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा सार्कीले चलाइरहेको अवस्थामा उक्त कार फेला परेको प्रहरीले जनाएको छ । उक्त कार तथा चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ । साथै उक्त कार कोही कसैको भएमा आवश्यक कागजपत्र साथमा ल्याई जिल्ला प्रहरी कार्यालय दाङ (९८५७८९०१०१ र ९८५७८९०१८७) नम्बर मा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]