२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

वर्षाले घर भत्केर मृत्यु भएका परिवारलाई विपद व्यवस्थापनले २ लाख २५ हजार राहत सहयोग

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

(ABC-Sanchar)
दाङ । निरन्तर अविरल वर्षात्का कारण घर भत्केर मृत्यु भएका पीडित परिवारलाई राहत रकम वितरण गरिएको छ ।
घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको मृत्यु भएको थियो । घटनामा आमा र दिदी घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपनगरपालिकाले मृतक चौधरीका बुबा आशाराम चौधरीलाई राहत रकम प्रदान गरेको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्चबापत २५ हजार गरी दुई लाख २५ हजार प्रदान गरेका छन् ।
राहत दिन प्रमुख चौधरी दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले लगायतले पीडितको घरमै पुगेका सहयोग गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]