
(राकेश श्रेष्ठ)
काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षा पछि आएको पहिरोका कारण सडकखण्ड शनिबार बिहान ४ बजे देखि अवरुद्ध भएको हो ।
राती नै म्याग्दे गाउँपालिका–१ बडचौरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए।सडक डिभिजन कार्यालय तनहुँको डोजरले पहिरो हटाउने काम भईरहेको भए पनि पहिरोमा ठुलो ढुङ्गा समेत खसेकाले हटाउन अप्ठ्यारो भईरहेको प्रहरीले जनाएको छ।