१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

नारायणगढ बुटवल सडक खण्ड आईतवार पूर्णरूपमा सञ्चालन

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

(राकेश श्रेष्ठ)
चितवन । लगातारको बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।

कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले डिभिजन सडक कार्यालय तथा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सक्रियतामा भासिएको स्थानमा मर्मतपछि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए । बिहीबार आएको बाढीले कावासोतीमा ह्युमपाइप बगाएर सडक भासिएपछि निर्माण गरिएको डाइभर्सनबाट साना सवारी साधन एकतर्फीमात्रै सञ्चालनमा ल्याइएको थियो ।

बिहीबार बिहान ८ बजेट अवरुद्ध भएको सडक डाइभर्सनपछि शुक्रबार साँझदेखि एकतर्फी सञ्चालन हुँदै आएको थियो । आज दिउँसो मर्मतपछि सडक पूर्णरूपमा दुईतर्फी नै सञ्चालनमा आएको भन्दै गिरीले सडकमा लामबद्ध ठूला सवारी साधनको लाइनसमेत घटेको बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!