२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

जिपि कोईराला फाउन्डेसन पर्साद्वारा सिडियो पिताम्बर घिमिरेलाई ध्यानाकर्षण पत्र

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

(ABC-Sanchar)
वीरगञ्ज । घण्टाघरदेखि उत्तरतर्फ बिपि उद्यानको जमिनमा अन्य निर्माणको काम रोक्नुपर्ने भन्दै जीपी कोइराला फाउण्डेशन पर्साले विरोध जनाएको छ । फाउन्डेसनले उद्यानको जग्गामा अन्य निर्माणको काम गरेर प्रकृति मास्ने काम भईरहेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको छ ।

फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा स्थानीय विकास मन्त्रालयका तत्कलिन मन्त्री रामचन्द्र पौडेलले रेल्वेको जग्गा खरिद गरी बि.पि उद्यानका लागि जग्गा तत्कालिन वीरगञ्ज उपमहनगरपालिकाको रेखदेखमा रहने र पछि पार्क बनाउने उद्देश्यले हस्तान्तरण गरिएको उल्लेख छ । तत्कालिन सरकारसँग गरेको सम्झौता विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड सहितको ढलानको काम भईरहेकोले यथासिघ्र रोक लगाउन आदेशको माग समेत ज्ञापनपत्रमा गरिएको छ ।

बिपि उद्यानको पार्कमा निशुल्क पार्क र हरित मैदान बनोस भन्ने जन चाहान छ । वीरगञ्ज महानगरपालिकाले ठेक्का लगाई पैसा कमाउने भाँडो बनाउँदा हरियो शहरको परिकल्पना मरेर जाने स्थिति छ । उक्त कार्यलाई अबिलम्ब रोक लगाई हरित पार्क बनाउने पहलकदमी लिन अनुरोध छ । प्रकृति मास्ने गरि विकास चाहिएको छैन ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

विपि उद्यानको जग्गालाई हराभरा बनाउनुको साटो कुरुप बनाउने जुनसुकै योजनालाई फाउन्डेशनले विरोध गर्ने अध्यक्ष सहाबुनिन बताउँछन् । आवश्यक परे कानुनी लडाई समेत लड्न फाउन्डेशन तयार रहेको उनको भनाई छ ।

तर ज्ञापनपत्रमा उल्लेख भएजस्तो महानगरले नभई विपि उद्यानमा सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले पार्किङ स्थल बनाउन लगाएको छ ।

बिरगंजको मुटुमा रहेको घन्टाघर अगाडि बि .पि. उधानमा पार्क बनाउनु पर्नेमा केही दिनदेखि पार्किङको लागि जग्गामा ढलान कार्य हुँदै आई रहेको बिषयमा ३ दिन देखि नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता बि•पी• उद्यान जग्गाको विषयमा एकलै आवाज उठाउदै आएकोमा आज जिपि कोईराला फाउन्डेसन फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाइ समर्थन जनाएका छ ।

बिपि उद्यानको रुपमा प्रयोग गर्ने शर्तमा नेपाल यातायात संस्थानको जग्गा तत्कालिन वीरगञ्ज उप महानगरपालिकाले १० करोडमा १० विगाहा जग्गा खरिद गरेको थियो । वीरगञ्जका तत्कालिन नगर प्रमुख गोपाल गिरि र पूर्व उपमेयर समेत रहेका अजय द्विवेदीको पहलमा अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले रजिष्ट्रेसन दस्तुरमा सहुलियत प्रदान गरिदिएको फाउन्डेसनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]